
अमेरिकाको उत्तरी क्षेत्रमा पर्ने टेक्सास राज्यमा शुक्रबार राति गोली लागी दुई जना प्रहरी अधिकृत घाइते भएका छन् ।
स्थानीय समय अनुसार राति ८.३० बजे टेक्सासको फोर्ट वर्थमा रहेको निजी आवासीय क्षेत्रमा यो घटना भएको अंग्रेजी दैनिक डालस मर्निङको वेबसाइटले जनाएको छ ।
घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र अर्का एक जनालाई छातीमा गोली लागेपनि बुलेटप्रुफ लगाएको कारण सामान्य चोट मात्र लागेको स्थानीय अस्पतालले बताएको छ । रासस/सिन्ह्वा