newskoseli.Com

कोकिन बोकेको विमान गोली हानी खसालियो

पेरुमा प्रहरीले लागू औषध तस्करले प्रयोग गरेको एउटा विमानलाई गोली हानेर खसालेको छ । विमान जमिनमा खसेपछि आगो लागेको थियो । प्रहरीले उक्त विमानबाट ७० किलो कोकिन बरामद गरिएको जनाएको छ ।

प्रहरीका अनुसार कोलम्बियन तस्कर भाग्न सफल भएका छन् । सो विमानका ५८ वर्षीय पाइलटलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । भाग्न खोज्दा उनी प्रहरीको गोली लागेर घाइते भएका छन् ।

प्रहरीका अनुसार तस्करहरुले दुई सय किलो लागू पदार्थ लुकाउन सफल भएका छन् । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर