newskoseli.Com

यार्सागुम्बा सङ्कलन सुरु

हिमाली भेगमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ ।

वर्षभरि सुखसँग जीवन निर्वाह गर्ने उद्देश्यका साथ सङ्कलक घरमा तालाचाबी लगाएर लेकतिर लागेका छन् । मनाङसँगै लमजुङ, गोरखा, तनहुँ, कास्की, धादिङ, नुवाकोटलगायत जिल्लाका नागरिक यतिबेला मनाङतर्फ लागेका छन् ।

बर्सेनि जिल्लामा ३०० देखि ४०० किलोसम्म यार्सागुम्बा सङ्कलन हुन्छ भने रु एक अर्ब बराबरको कारोबार हुन्छ । आधा जीव र आधा वनस्पतिको रुपमा रहने यार्सागुम्बा विभिन्न औषधिको रुपमा प्रयोग हुन्छ । यार्सा सङ्कलन गर्न जति गाह्रो छ त्यसलाई जोगाउन र बिक्री गर्न त्योभन्दा बढी मुश्किल हुन्छ ।

यार्सा लुट्ने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालयले सङ्कलनको समयमा अस्थायी प्रहरी पोस्ट राख्ने गरिएको छ । गत वर्षदेखि यार्सा सङ्कलकलाई करको दायरामा ल्याइएको स्थानीय विकास अधिकारी कृष्णप्रसाद धितालले बताए।
 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर