newskoseli.Com

चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ हङकङमा प्रदर्शन हुँदै

नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ हङकङमा पनि प्रदर्शन हुने भएको छ । हङकङमा प्रदर्शन हुन लागेको यो पहिलोपटक हो ।

लमजुङ सेवा समिति हङकङको आयोजनामा आगामी अक्टोबर २ तारिख आइतबारका दिन युनलोङ टाउन हलमा हुन लागेको प्रदर्शनमा हङकङ र मकाउका नेपाली समुदायको उपस्थिति हुने समितिका अध्यक्ष सरोज गुरुङ (खम) ले बताए ।

प्रदर्शनीबाट संकलित रकम लमजुङको सदरमुकाम बेसीशहरमा सहजी फुटबल मैदान निर्माणका लागि सहयोग गर्ने लमजुङ सेवा समितिका सचिव सुरेन्द्रमान घलेले बताए । विश्वका ३२ वटा देशका ६५ वटा भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शनीका लागि छनौट भइसकेको छ ।

शारदा गैरेको निर्माण, कुमार शाहको सम्पादन, विनोद विष्टको छायाँकन, जुगल डंगोलको संगीत संयोजन तथा सम्राट भुमिजको पोस्टप्रडक्सनमा बनेको डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर चमत्कारिक रुपमा नयाँ जीवन पाएका ९ जना नेपालीको कथालाई पर्दामा उतारिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर