newskoseli.Com

ओझा शिल्पासँग लगनगाँठो कस्ने तयारिमा

यहि असोज २१ मा रिलिज हुने फिल्म ‘किस्मत २’ को जति चर्चा छ त्यो भन्दा बढि पछिल्लो समय विहेको चर्चाले निर्माता छबिराज ओझा हाइलाइटमा छ। अभिनेत्री शिल्पा पोखरेलसँग विहे गर्न लागेको भन्ने हल्लाले मिडियामा राम्रै स्थान पाईरहेको छ ।

रेखा थापासँगको सम्बन्धमा पुर्णविराम लागेपछि उनले अभिनेत्रीको रुपमा फिल्म उद्योगमा ल्याएकी शिल्पासँग विहे गर्न लागेको र फिल्म रिलिजसँगै बिहे गर्ने मनस्थिती बनाएका जस्ता खबरले फिल्म क्षेत्र तातिरहेको छ ।

छबिले हरेक मानिसलाई जीवन गुजार्न लाई सहयात्री आवस्यक रहने त्यसको निरन्तरता स्वरुप शिल्पासँग लगनगाँठो कस्न लागेको दाबी गरे ।
ओझाले सम्बन्ध जाेडिने र टुक्रिने प्रसंगमा भने , ‘म खुल्ला किताब, मलाई जस्ले जती चाहन्छ उति पढ्न सक्छ, मलाई पुरै पढ्ने वा आधा पढेर छाड्ने त्यो पढ्ने मान्छेमा निर्भर रहन्छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर