newskoseli.Com

टेलिफोनमा मासिक डेढ करोड खर्च

जिल्लावासीले मोबाइल र टेलिफोनमा कुराकानी गर्न मासिक करिब डेढ करोड खर्चने गरेका छन् । नेपाल टेलिकम, बेनीले सङ्कलन गर्ने टेलिफोन महसुल र बिक्री भएको रिचार्ज कार्डको विवरण अनुसार म्याग्दीवासीले मोबाइल र टेलिफोनमा कुरा गर्न मासिक १ करोड ३५ लाख खर्च गरेको पाइएको हो ।

टेलिकम र एनसेलको अधिकृत बिक्रेताले मासिक १ करोड  १५ लाख बराबरको रिचार्ज कार्ड बिक्री हुने गरेको बताएका छन् । टेलिकम, म्याग्दीले मासिक  २० लाख रूपैयाँको हाराहारीमा टेलिफोन महसुल सङ्कलन गर्छ ।

यो तथ्याङ्क पोखरा र बागलुङबाट ल्याएर बिक्री हुने रिचार्ज कार्ड बाहेकको हो । ग्रामीण क्षेत्रमा मोबाइल सेवा विस्तार हुने क्रमसँगै रिजार्च कार्डको बिक्री पनि बढेको नमस्ते ट्रेड बेनीका सञ्चालक केशवराज आचार्यले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर