newskoseli.Com

ओछ्यानमा सुतेका काजीबा मलाई नमार नमार भन्दै बर्बराएपछि…………….

…sfhLafÚ gf6ssf] d~rg b;}Fsf] dxTj / clx+;fsf] ;Gb]z af]s]sf] …sfhLafÚ gf6ssf] /fhwfgLsf] lyP6/ dndf zlgaf/ d~rg x’Fb} . b’uf{ bfxfnsf] syf / kl/sNkgfdf /lrPsf] of] gf6ssf lgb]{zs cho clwsf/L ;’zLn x’g . tl:a/ M ;f}hGo–k|sfz ltD;]gf, /f;;

दसैं भन्ने बित्तिकै हामी प्राय : पंक्षीको काटमार सम्झन्छौं । खसीबोका, राँगाभैंसी, कुखुरा, हाँसलगायत प्राणीको बध र त्यसबाट प्राप्त मासुलाई उत्सव–प्रसादका रुपमा लिनेको सङ्ख्या नेपाली समाजमा धेरै छ तर शास्त्रहरूले निहत्था र कमजोर पशुपक्षीको हत्याबाट प्राप्त हुने कुरालाई उपयोग गर्न निषेध गरेको छ ।

वेद र उपनिषद्का दर्जनौं पङ्क्तिले हिंसालाई निषेध गरेका छन् । तर पनि धर्म र संस्कारका नाममा हिन्दू मात्र होइन, संसारका प्रायः सबै धर्म-सम्प्रदायले हिंसा र हिंसाबाट प्राप्त हुने भोजनलाई आफ्ना पर्व र संस्कारको अङ्ग बनाएका छन् । मासु र पशुबधको सन्दर्भ जोडिएको दसैं पर्व आउनै लाग्दा राजधानीको थिएटर मल (काठमाडौं मल, सुन्धारा) मा त्यस्तै प्रेम, पशुहिंसा र संस्कारको सन्दर्भ जोडिएको नाटक प्रस्तुत भयो शनिबार ।

दुर्गा दाहालको कथा र परिकल्पनामा रचिएको यो नाटकका निर्देशक हुन् अजय अधिकारी सुशील । दसैंको सन्दर्भ पारेर मात्र १ दिनका लागि मञ्चन गरिएको नाटक शनिबार २ सो चलाइएको थियो । एकै दिन मात्र प्रदर्शन भएका कारण होला, कतिपय दर्शक टिकट नपाएर घर फर्केका थिए ।

कथा सामान्य छ, गाउँमा एक सज्जन र सम्पन्न काजीबा छन् । उनी आफ्नो छुकछुके नातिसँग गफिन र खेल्न मन पराउँछन् । कसैको दुःख देख्न चाहँदैनन् । तर उनलाई काटमारको भने खुब सोख छ । उनी आफ्नो अति नै प्यारो नातिसँग तरबारमा धार लगाउनसमेत आफैं आरन पुग्छन् । तर एक रात काजीबा डरलाग्दो सपना देख्छन् । उनी यमराजको द्वारमा लगिएका हुन्छन् । यमराजको द्वारमा पहिले बलि दिएका र हत्या गरिएका प्राणीसमेत हुन्छन् र काजीबाले आफूहरुको हत्या गरेकाले काजीलाई उचित सजाय दिन भन्दै यमराजसँग जनावरले माग गर्छन् । तर काजीबाले आफ्नो जीवनकालमा सत्कर्म र सेवासमेत गरेकाले यमराज उनलाई तत्काल कठोर सजाय दिनु उचित ठान्दैनन् र उनलाई बाख्राकै पाठो बनाएर काजीबाकै घरमा जन्म दिने निर्णय गरिन्छ ।

काजीबा आफ्नो नातिसँग पाठोकै रुपमा मात्र भए पनि भेट्न पाइने भयो भन्दै रमाउँछन् । बाख्राको पाठो बनेर आफ्नै घरमा जन्मेपछि काजीबा अब आफ्नो नातिसँग रमाउँदै खेल्छन् । उनलाई त्यसमा बडो आनन्द आउँछ । बडादसैँको महाष्टमीको दिन आउँछ र बोकाको रुपमा जन्मेका काजीबालाई उनका आफ्नै छोराले मार हान्न तयार हुन्छन् । यो देखेर काजीबा आत्तिन्छन् र ‘मलाई नमार– नमार’ भन्दै कराउँछन् । ओछ्यानमा सुतेका काजीबा नमार नमार भनेर बर्बराएपछि घरमा कोहोलो मच्चिन्छ । अल्लिबेर श्रीमती र बुहारीले चिच्याएर बोलाएपछि मात्र काजीबा ब्युँझन्छन् र आफूले देखेको अचम्मलाग्दो सपनाको व्याख्या गर्छन् ।

नाटकलाई बिट मार्दै काजीबा बोल्छन् ‘हतियारप्रतिको मेरो मोह, हिंसाप्रतिको मेरो रुचि अनावश्यक रहेछ । उस्तै माया, दया र प्रेमका भोका प्राणीलाई मारेर हामी गल्ती गर्दैछौं ।’ यसो भन्दै काजीबा सिरानमा राखिएको तरबार फ्याँकिदिन्छन र उद्घोष गर्छन्, “हे जगतजननी दुर्गा, यो जगत्का तिम्रा सबै सन्ततिलाई उत्तिकै प्रेम, करुणा र दयाको भाव जगाइदेऊ । म तिमीले नै सिर्जना गरेका निमुखा प्राणीलाई मारेर कहिल्यै खान्न । म मासु अबदेखि खान्न ।”

हल र व्यवस्थापनको चुनौती रहेकाले नाटक एक सो मात्र चलाइएको तर सम्भव भएसम्म दसैंअघि अरू केही सो समेत चलाउन सकिने नाटकका परिकल्पनाकार दुर्गा दाहालले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर