newskoseli.Com

सिरियामा हवाई हमला, ३० जनाको मृत्यु

सिरियाको एक शरणार्थी शिविरमा भएको हवाई आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । विद्रोहीले नियन्त्रणमा लिएको इदलिब प्रान्तस्थित कामूना शरणार्थी शिविरमा आक्रमण भएको अधिकारीहरुले जनाएका छन् ।

सिरियाली र रुसी लडाकु विमानले हवाई आक्रमण गरेको बताइएको छ । तर यसको पुष्टि भने हुन सकेको छैन । घटनामा महिला र बालबालिकालाई निशाना बनाइएको बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

रुस र अमेरिकाको दबाबमा सिरियाली सेना र त्यहाँको विद्रोही समूह एलेप्पोमा अस्थायी युद्धविराम गर्न सहमत भएका थिए । सिरियामा गत फेब्रअरीदेखि युद्धविराम लागू भए पनि पछिल्ला केही दिनमा आक्रमणका घटना बढ्दै गएका छन् ।

पछिल्ला दुई सातामा एलेप्पोमा मात्रै तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्र संघले सिरियामा आक्रमण नरोकिए करिब ४ लाख मानिस टर्की भाग्न बाध्य हुने बताइसकेको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर