newskoseli.Com

मुस्ताङबाट बाहिरिँदै ४५ हजार भेडा–च्याङ्ग्रा

e]8f–Rofªu|f lxdfnkf/Lsf] lhNnf d’:tfªsf] hf]d;f]daf6 b;}F / ltxf/ kj{nfO{ nlIft u/L DofUbL / kj{ttkm{ NofpFb} u/]sf e]8f Rofªu|f . tl:a/M nIdLk|;fb ;fks]f6f,kj{t,/f;;,

नेपालीको महान् पर्व बडादसैं र तिहारलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा–च्याङ्ग्रा बाहिरिने भएका छन् । जिल्ला पशुसेवा कार्यालयका अनुसार यस वर्ष जिल्लाबाट मात्रै ४५ हजार सङ्ख्यामा भेडा–च्याङ्ग्रा बाहिरिने भएका हुन् ।

प्रत्येक वर्ष दसैं–तिहारको अघिजस्तै यस वर्ष पनि दसैं–तिहारका लागि मुस्ताङबाट भेडा–च्याङ्ग्रा बहिरिएका हुन् । मुस्ताङबाट म्याग्दी, पर्वत, बागलुङ, पोखरा, काठमाडौं, तनहुँलगायतका जिल्लामा भेडा–च्याङ्ग्रा बिक्री हुने गरेका छन् ।

हिमाली भेगमा हुर्केका भेडा–च्याङ्ग्राको मासु स्वादिलो हुने भएकाले देशका विभिन्न बजारमा यसको माग उच्च रहेको छ । अहिले सामान्यतया २० देखि ४० किलोग्रामका च्याङ्ग्रा बजारमा गएको र एउटाको मूल्य न्यूनतम १५ हजारदेखि ३० हजार रूपैयाँसम्म पर्ने गरेको जिल्ला पशुसेवा कार्यालयका प्रमुख नन्दलाल बर्माले जानकारी दिए ।

विगतका वर्षमा तिब्बतबाट समेत भेडा–च्याङ्ग्रा आउने गरेको भए पनि यस वर्ष जिल्लाकै उत्पादनले पुग्ने भएकाले बाहिरबाट ल्याउन रोक लगाएको बर्माले बताए । गत वर्षको तुलनामा यस वर्ष भेडा–च्याङ्ग्राको मूल्यमा समेत वृद्धि भएको छ । गतवर्ष १५ हजाररूपैयाँमा च्याङ्ग्रा बिक्री हुँदै आएकोमा यस वर्ष भने व्यापारीले मुस्ताङमै २० हजार रूपैयाँमा बिक्री गर्दै आएका छन् ।

बर्सेनि बडादसैंका लागि चीनबाट समेत आउने भेडा–च्याङ्ग्रा यसपटक आउन नसकेपछि बजारमा अभाव हुने देखिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर