मीनराज बसन्त
पिरती’थ्यो सग्लो चामलजस्तो, अब कनिका नपठाउनु ।
भगवान् म जस्तो गरिबलाई धनी, प्रेमिका नपठाउनु ।।
जब बग्छ आँखाको देउराली, मिसिएर आँसुहरू सँगै ।
आँखामै तैरिरहने यादहरू, प्रियसिका नपठाउनु ।।
कालगतिले होस् या प्रेम रोगले, मरिन्छ अवश्य एकदिन ।
धेरै बाँचेर चोट सहन, बोतल ओखतिका नपठाउनु ।।
भुर्र गुँड छोडेर उडेकी, चरिको बाटोमै परीक्षा हुन्छ ।
शिकारीलाई दया र करूणाको, नतिजा नपठाउनु ।।
अरब जान ऋण लिएथ्यो उसले, फिर्ती रातो बाकसमा भयो ।
चोक्टा लुछ्ने साहूहरू, कतिका छन् कतिका… नपठाउनु ।।
ठेगाना : काठमाडौँ