newskoseli.Com

किन गरे राष्ट्रपतिले क्षमायाचना ?

आफ्नो मुलुकका लागू पदार्थ दुर्व्यसनी र कारोबारीहरुलाई हिटलरले यहुदीहरुलाई मूला काटे झैँ काटिदिएजस्तै गर्ने भनी केही दिनअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले दिएको अभिव्यक्तिका कारण उनले यहुदी समुदायसँग क्षमायाचना गरेका छन् ।

ऐतिहासिक कालमा फ्रान्सका एडोल्फ हिटलरलाई युरोपभरि सैन्यबल र पराक्रममा कसैले जित्न नसकेका कारण उनको घमण्ड र अत्याचार बढ्दै गई उनीदेखि जो पनि भयभीत हुन्थे ।

आफूसँग मतभेद हुने वा आफ्नो विरोध गर्नेलाई दायाँबायाँ केही पनि विचार नगरी उनी ठाडै मृत्युदण्ड दिने गर्दथे । यसै क्रममा, हिटलरले करिव साठी लाख यहुदीहरुको आमहत्या गरेको तथ्य पनि इतिहासका पानामा “होलोकोस्ट आमहत्या“ को नाममा परिचित छ ।

आफ्नो मुलुकका लागू पदार्थका दुर्व्यसनी र कारोबारीहरुसँग आक्रोशित भै केही दिनअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले मनिलाको एउटा स्थानीय सभामा हिटलरले यहुदीहरुलाई मूला काटे झैँ काटेको प्रसंगको चर्चा गर्दै आफूले पनि लागू पदार्थका दुर्व्यसनी र कारोबारीहरुलाई काटिदिन पाए आफ्नो मन शीतल हुने अभिव्यक्ति दिएका थिए ।

उनको यस अभिव्यक्तिले विश्वभरिका यहुदीहरुमाझ नकारात्मक सन्देश फैलन गई तत्कालै हलचल र आक्रोश उत्पन्न भएको थियो । यसैलाई सम्बोधन गर्दै राष्ट्रपति रोड्रिगोले आइतबार मध्य फिलिपिन्सको महानगर बाकोलोडमा आयोजित एउटा पर्वोत्सवको उद्घाटन समारोहमा “मेरो उक्त अभिव्यक्तिले होलोकोस्ट आमहत्याको संस्मरण गराओस् भन्ने कदापि आशय नभएको र यहुदी समुदायमाझ सो भनाइले चोट पुग्न गएको भए म गहिरो क्षमायाचना गर्दछु” भनी आत्मालोचना गरेका हुन् ।

उनले साठी लाख यहुदीहरुको हत्या भएको क्रूर ऐतिहासिक घटनालाई स्मरण गर्ने आफ्नो उद्देश्य कदापि नरहेको, विश्वका यहुदी समुदायसँग आफ्नो कुनै रिस राग नरहेको तथा उनीहरुलाई चुनौती दिने मनसाय पनि नभएको प्रष्टीकरण दिएका छन् ।

यसै क्रममा, केही दिनअघि अमेरिका तथा अन्य राष्ट्रको आलोचना गरेको आफ्नो अभिव्यक्तिलाई पुनर्कथन गर्दै फिलिपिन्समा सञ्चालित लागू पदार्थ विरुद्धको आन्दोलनमा अमेरिका तथा अन्य राष्ट्रको नैतिक समर्थन नपाएको गुनासो गरे ।

फिलिपिन्समा राष्ट्रपतिद्वारा सञ्चालित लागू पदार्थ विरुद्धको अभियानको सिलसिलामा केही व्यक्तिलाई मृत्युदण्ड दिइएकोमा “राज्यद्वारा गैह्रन्यायिक हत्या भएको” आरोप लगाइएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर