newskoseli.Com

गजल

गाँस लाग्न थालेको छ

 

किन किन पराईहरू खास लाग्न थालेको छ

तक्दिरमा नहुनेको आस लाग्न थालेको छ ।।

 

मेरो हरेक नसामा बग्ने उनी खुन बनेपछी

साँझ बिहान अचेल गाँस लाग्न थालेको छ ।।

 

अर्थहीन यो मेरो जीवनमा तिमी आएदेखि

शून्य मेरो जिन्दगी, प्रकाश लाग्न थालेको छ ।।

 

अलग हुन पर्दा हामी बिवशता र बाध्यताले

आफ्नै शरीर जिउँदो लास लाग्न थालेको छ ।।

 

भाग्यले नै साथ छाड्दा पलपल यो”सपना”को

हाम्रो प्रेम कहानी इतिहास लाग्न थालेको छ ।।

 

दर्बुङ– ६, गोरखा

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर