newskoseli.Com

क्लिनटन–ट्रम्पको अन्तिम बहस…

अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदबार रहेका डेमोक्र्याटिक तर्फकी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पका बीचमा बुधबार राति अन्तिम संयुक्त बहस हुने भएको छ ।

मतदान हुनुभन्दा २० दिन अगाडि उनीहरुको अन्तिम संयुक्त बहस हुन लागेको हो । यो रातलार्इ अमेरिकी राजनीतिका लागि एउटा महत्वपूर्ण रात मानिनेछ ।

स्थानीय समयअनुसार साँझ ६ः बजे बहस सुरु हुने बहस ९० मिनेटको हुनेछ । बहस लसभेगसमा रहेको नेभादा विश्वविद्यालयमा हुनेछ । बहसका लागि दुवै उम्मेदवारलाई पहिले बहसमा जस्तैगरी राखिने छ । लामो समयदेखि राजनीतिक विषयमा रिपोर्टिङ गर्दै आएका ६९ वर्षीय क्रिस वाल्सले सञ्चालन गर्ने सो कार्यक्रम अमेरिकाका अधिकांश टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

यसअघि पहिलो बहस २६ सेक्टेम्बरमा भएको थियो भने दोस्रो बहस अक्टोबर ९ मा भएको थियो । ती दुवै बहसपछि हिलारी थप लोकप्रिय देखिँदै गएकी छन् । पछिल्लो पटक गत सोमबार गरिएको मतसर्वेक्षणमा पनि हिलारी क्लिनटन नै अगाडि देखिनुएकी छन् ।

महिलाविरुद्धका विवादित अभिव्यक्तिका कारण ट्रम्प अझ पछाडि परेका सर्वेक्षणकर्ताले जनाएका छन् । करिव एक हप्ता अगाडि मिसाउरी राज्यको सेन्ट लुइसमा अवस्थित एक विश्वविद्यालयमा आयोजित दोस्रो पटक प्रत्यक्ष टेलिभिजन बहसमा पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रब्यदृष्य (भिडियो टेप) सार्वजनिक गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर