newskoseli.Com

इराकी सहर मोसुलमा भीषण सैन्य कारबाही

इराकी सुरक्षाबलले अतिवादी समूह इस्लामिक स्टेट (आइएस)को कब्जामा रहेको सहर मोसुल पुनःनियन्त्रणको लागि सोमबार बिहानैबाट भीषण कारबाही सुरु गरेको छ ।

इराकको दोस्रो ठूलो सहर मोसुल आइएसको पञ्जाबाट मुक्त गर्न सरकारी बलले लामो समयदेखि तयारी गरे तापनि लाखौं सर्वसाधारण त्यहाँ फसेका छन् ।

त्यसैकारण सावधानी पूर्वक सैन्य कारबाहीको क्रम अघि बढाउनुपर्ने हुँदा यो कारबाही कठिन र लामो समय लाग्ने अनुमान गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जानकारी दिएको छ ।

मोसुल सहरमा फसेका सर्वसाधारण जनता सबैलाई पर्याप्त मानवीय सहयोग सामाग्रीको पनि आवश्यकता परेको सैनिक उद्धारकर्मीले बताएका छन् ।

इराकी राष्ट्रिय सेनाका करिब ३० हजार जवानले ६० राष्ट्र सहभागी रहेका अमेरिकी नेतृत्वको बहुराष्ट्रिय गठबन्धन सेनाको हवाइ र स्थलगत पाश्र्व सहयोगमा आइएसविरुद्ध हवाई र स्थल आक्रमण जारी गरेका छन् ।

आइएसले कब्जा जमाएको अन्तिम शहरलाई मुक्त गर्न निर्णायक युद्धको ‘कठिन् अभियान’ सुरु गरेकाले यस्तो सैनिक कारबाही अलि लामै समयसम्म चल्ने अनुमान गरिएको छ । तर त्यहाँका नागरिकलाई कुनै क्षति नपु¥याई इराकी सरकारले पुनः आफ्नो नियन्त्रणमा लिएरै छाड्ने एक अमेरिकी वरिष्ठ सैनिक जनरलले बताए ।

मोसुल सहरमा आइएस विरुद्ध सैन्य कारबाही सुरु भएको पहिलो दिन नै पेन्टागनका प्रेस सचिव पिटर कुुकले इराकी बलले आफ्नो उद्देश्य हासिल गर्न निकै नजिक पुगि सकेको दाबी गरेका थिए ।

सन् २०१४ को जुन महिनादेखि आतङ्ककारी आइएस समूहले इराकको दोस्रो ठूलो सहर मोसुललाई आफ्नो कब्जामा लिएको थियो । मोसुललाई मुक्त गराएपछि आतङ्कवादवाट पीडित अर्को राष्ट्र सिरियाको दोस्रो ठूलोे सहर राका मात्र आइएस समूहको कब्जाबाट मुक्त गराउन बाँकी रहन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर