newskoseli.Com

चरित्रहीन त्यो साँझ !

 

 

 

 

 

 

चरित्रहीन त्यो साँझ
र, हाम्रा आवेदनमय मिठा गल्तीहरू
मात लागेर चित परेको समय
…र, हाम्रा उन्मादी चाहना,

कातिल अदाहरू
र भूल गर्न आतुर सम्मोहनी राजहरू
चाप थामेर राप बनेको समय
…र, उन्मुक्तता खोजेको बहाना,

सभ्यताको अभ्यासमा
र दुबैको सहमतिले बौलाएका पलहरू
घातले सङ्गीत बनेको समय
…र, प्रीत बनिएको खजाना,

कातिल नजरहरू
र, एकाकार मदहोशी बाँड्दै अधरहरू
चुम्बकसरि टाँसिएको समय
…र, आफैं खोजेको दुर्घटना,

शून्यता छुने रहर
र, सँगै मदमस्त भएका ढलपलहरू
तृप्तिले आह ! भरेको समय
…र, आलिङ्गन बनेको आशियाना !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर