newskoseli.Com

दैनिक १ लाख अन्डा उत्पादन खिलुङ कालिका एग्रोफार्ममा

SAN DIEGO, CA – NOVEMBER 6: A farm worker collects eggs in an old-fashioned chicken house at an egg farm, on November 6, 2014 in San Diego, California. California voters passed an animal welfare law in 2008 to require that the state’s egg-laying hens be given room to move around, but did not provide the funds for farmers to convert. (Photo by Melanie Stetson Freeman/The Christian Science Monitor via Getty Images)

स्याङ्जाको भिरकोट नगरपालिका–६ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफार्मले दैनिक १ लाख अन्डा उत्पादन गर्दै आएको छ । करिब १ वर्षअघि यहाँका ७ युवकले करिब ५० करोड रुपैयाँको लागतमा फार्म सञ्चालनमा ल्याएका हुन् ।

फार्ममा हाल कमर्सियल लेयर्स जातका १ लाख ५० हजार कुखुरा रहेका छन् । यहाँबाट दैनिक करिब १ लाख अन्डा उत्पादन हुँदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले बताए । “आफ्नै गाउँ ठाउँमा केही गर्नुपर्छ भन्ने लाग्यो र ४० रोपनी जग्गामा जर्मनीमा निर्मित अत्याधुनिक ब्याट्री केज प्रविधिको प्रयोग गरी फार्म सञ्चालन गरिआएका छौँ,” प्रमुख कार्यकारी अधिकृत ढकालले भने – “यहाँ उत्पादन भएका अन्डाहरु पश्चिमाञ्चल विकास क्षेत्रका मुख्य मुख्य बजारमा खपत हुने गरेका छन् ।”

प्रत्यक्ष १ सय बढी स्थानीयवासीले रोजगारी पाएका कम्पनीले जनाएको छ । फार्मले वार्षिक ४ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्ने अधिकृत ढकालले बताए । कुखुरापालनसँगै फार्मले जैविक मल उत्पादन तथा प्रशोधन केन्द्रको निर्माण कार्य थालेको छ । यही फार्मलाई लक्ष्य गरी अर्को कम्पनीले दैनिक १० हजार वटा क्रेटको उत्पादन गर्दै आएको छ । यहाँका युवाले सञ्चालन गरिरहेको यो फार्म अवलोकन गर्न दैनिक थुप्रै व्यक्ति आउने गरेको फार्मले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर