newskoseli.Com

देश संकटमा परे मात्र परमाणु हतियार : नेता किम जोङ

उत्तर कोरियाली नेता किम जोङ उनले देशको सार्वभौमिकता संकटमा नपर्दासम्म आफ्नो देशले परमाणु हतियार प्रयोग नगर्ने प्रष्ट गरेका छन् ।

प्योङयाङमा सम्पन्न पार्टी कंग्रेसमा नेता उनले दक्षिण कोरियासहितका विपक्षी देशसँगको सम्बन्ध सामान्य बनाउन आफ्नो ध्यान केन्द्रित हुने पनि बताए ।

विपक्षी मुलुकहरुसँगको सम्बन्ध सुधारमा राज्यको ध्यान केन्द्रित गरिने भन्दै उनले देश र नागरिक नै संकटमा पर्ने अवस्थामा मात्र परमाणु हतियार प्रयोगको सन्दर्भ उठ्ने प्रष्ट गरे ।

दक्षिण कोरियासँग विश्वासको वातावरण र समझदारी बढाउन अझै बढी पहल गरिने उनले बताएको राज्य नियन्त्रित सञ्चारमाध्यमलाई उद्धृत गर्दै विभिन्न समाचार संस्थाले जनाएका छन् ।

सन् २००६ मा पहिलो परमाणु अस्त्र परीक्षण गरेपछि उत्तर कोरिया अन्तर्राष्ट्रिय नाकाबन्दीमा परेको छ ।

उसको परीक्षणका कारण आफ्नो देशमा असुरक्षा बढेको भन्दै दक्षिण कोरियाले अमेरिकासँग मिलेर आफ्नो सुरक्षा सुदृढ बनाउँदा कोरियाली प्रायद्वीपमा असुरक्षा बढेको छ ।

यसैगरी नेता उनले विश्वव्यापी निशस्त्रीकरणका लागि इमान्दार भएर आफ्नो देशले दायित्व पूरा गर्ने उल्लेख गरे । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर