newskoseli.Com

बिद्रोहीको कब्जामा रहेका स्पेनिस पत्रकार रिहा

सिरियामा बिद्रोही संगठनको कब्जामा रहेका तीन स्पेनिस पत्रकारलाई रिहा गरिएको छ । दश महिनाअघि सिरियाको एलोप्पो शहरबाट कब्जामा लिएका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

हाल टर्कीमा रहेका उनीहरु स्वदेश फर्कने क्रममा रहेको स्पेन सरकारले जनाएको छ । टर्की र कतारको पहलमा उनीहरुलाई रिहा गरिएको हो ।

सन् २०१४ मा पनि आईएसले नियन्त्रणमा लिएका स्पेनका दुई पत्रकारलाई ६ महिनापछि छाडिएको थियो । सिरियामा जारी हिंसाका बीच देश विदेशका दर्जनौ पत्रकारको हत्या र अपहरण भइसकेको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर