newskoseli.Com

समाचारमा हामी साँच्चै अगाडि छौं

मनोरञ्जनमूलक रेडियो कार्यक्रम, बिग आइकनजस्तो बृहत् गायन प्रतियोगिता, विभिन्न इभेन्ट र रेडियो गेम शोमाअगाडि रहेको बिग एफ.एम १०१.२ मेगाहर्जमा युवा पत्रकार माधव पनेरुले न्यूज चिफको जिम्मेवारी सम्हालेपछि समाचार र सूचनामा अगाडि बढेको छ ।

आफूलाई पश्चिमाञ्चलको नम्बर एक एफ.एम रेडियो भएको दावी गर्ने बिग एफ.एम अहिले ‘न्यूजमा झनै अगाडि’ भन्ने ट्याग लाईन बोकेर समाचार सम्प्रेषण गरिरहेको छ । यसै पेरिफेरीमा रहेर बिग एफ.एमका न्यूज चिफ माधव पनेरुसँग गरिएको कुराकानी ।

‘समाचारमा झनै अगाडि’ भन्नुहुन्छ, के साँच्चै अगाडि हो बिग एफ.एम. ?

बिग एफ.एम न्यूजमा साँच्चिकै अगाडि छ । महाभूकम्प जाँदा हामीले १ हप्तासम्म गरेको २४ घण्टे लाइभ अपडेटले बिग एफ.एम मनोरञ्जनका लागि मात्रै नभएर दुःख र महासंकटको बेलामा पनि साथी बन्यो ।

संविधानसभाको चुनावमा पोखरामा रहेका सबै मतगणना केन्द्रमा पुगेर हामीले अहोरात्र गरेको अपडेटलाई श्रोताले मन पराए ।

समसामयिक विषयवस्तुमा हामीले दिने दैनिक रिपोर्टका कारण बिग न्यूज सुन्नु पश्चिमाञ्चल बासिन्दाको दैनिकी बनेको छ ।

नसुनिएकाहरुको आवाज बनेको छ, हाम्रो भक्सपप । पश्चिमाञ्चलका प्रायः जिल्लाबाट हामीले प्रशारण गर्ने जिल्ला न्यूज त्यहाँ स्थित सहकर्मीकै आवाजमा प्रसारण भएका छन् ।

पोखरामा बस्ने विभिन्न जिल्लाबासीले आफ्ना जिल्लाको न्यूज त्यहाँका रिपोर्टरको आवाजबाटै प्रसारण हुँदा आत्मीय रहने हाम्रो ठम्याई हो । यसले बिग न्यूजको दायरा र प्रभाव झन् बढाएको छ ।

मिहिनेत र निरन्तरताको जगमा एउटा विश्वास बनेर उभिएको छ, बिग न्यूज । हामी न्यूजमा झनैअगाडि छौँ । न्यूज र प्रोग्राम दुवै पक्ष प्रभावकारी भएकै कारण बिग एफ.एम पश्चिामाञ्चलको नम्बर एक एफ.एमकोरुपमा स्थापित भएको हो ।

अगाडि छौं भन्ने तपाईंहरुको दावीमात्रै हो भन्ने पनि छन् नि ?

पोखरामा दुई दर्जन एफएम रेडियो खुले । छोटो समयमा सर्वाधिक चर्चायोग्य बिग एफ.एम बन्यो । न्यूजमा सर्वोत्कृष्ट नै बिग न्यूज छ । जसले यो ठान्दैनन्, उनीहरुले न्यूज नै सुनेका छैनन् । कि त एउटाबाहेक अरु सुन्दै सुनेका छैनन् ।

उनीहरुलाई दुई वर्ष अघिको मूल्यांकनका आधारमा यस्तो लागेको होला । आजको परिवेशमा बिग न्यूज नै नम्बर वान हो । यो जनताले दिएको ट्याग लाइन हो ।

हाम्रो कार्यक्रम र न्यूज दुवै सशक्त भएको हुनाले नै जनताले यो ट्याग दिएका हुन् । हाम्रा श्रोता सर्वेक्षण फारममा श्रोताहरुले न्यूजलाई सर्वाधिक मन पराएका छन् । हरेक मेला महोत्सवमा बिग एफ.एमको स्टल रहने गर्छ र सर्भे फाराम भर्न श्रोताको लाईन लाग्ने गर्छ । रेडियोको सबै पक्ष राम्रो भएर नै यसो भनिएको हो ।

पछिल्लो क्रममा सामाजिक सञ्जाल प्रयोगकर्तालाई मध्यनजर गर्दै एफ.एमको अफिसियल पेजमा हरेक दिन समसामयिक प्रश्न सोधेर प्राप्त प्रतिक्रियालाई समेट्दै आएका छौं । यसले सामाजिक सञ्जालमा बिग न्यूजको क्रेज अझै बढाएको छ । यसअगाडि संविधान निर्माणमा खबरदारीस्वरुप तीन वर्षसम्म हरेक सभासद्लाई सभासद्सँगको कुराकानी सेगमेन्टमा समेट्यौँ ।

हाम्रो न्यूज र रिपोर्टले पोखराको पोलिसी मेकिङमा प्रत्यक्ष प्रभाव पारेको छ । जनताको पक्षमा जनताको आवाजलाई नीति निर्मातासम्म पुर्याउने भरपर्दो मिडियाको भूमिका बिग एफ.एमले खेलेको छ ।

न्यूज र मनोरञ्जनमा सँगसँगै उत्कृष्ठता हासिल गर्नु बिग एफ.एमको खासियत हो । हाम्रो जुझारु टिम र हाम्रो टिमवर्कले नै यो सम्भव भएको हो ।

हामी नेपालका अन्य एफ.एम रेडियोको फर्म्याट र फर्मुलाभन्दा फरक छौँ, त्यसैले लोकप्रिय छौँ । मनोरञ्जनमा सुरुदेखि अगाडि रहेको बिग एफ.एम न्यूजमा झन् अगाडि छ । हामी भावनात्मकरुपमा पनि अझै नजिक बन्दै गएका छौं ।

बिग एफएम नै किन सुन्ने त ?

रेडियो, टेलिभिजन, पत्रपत्रिकासँगै अहिले सामाजिक सञ्जाल पनि सूचनाको भरपर्दो स्रोत भईसकेको छ ।

रेडियो सुन्ने स्रोतामा कमी आएको छैन । झनै बढेको छ । यस क्षेत्रमा कभरेज एरिया, साउण्ड क्वालिटीका साथै उत्पादित कार्यक्रम र समाचारले बिग एफ.एम नै लोकप्रिय छ ।

नयाँ प्रतिभालाई राष्ट्रिय-अन्तराष्ट्रिय मञ्च प्रदान गर्ने बिग आइकनजस्तो इभेन्टलाई बर्सेनि आयोजना गरेर बिग एफ.एमले मिडियाको क्षेत्रमा नयाँ इतिहास स्थापना गरेको छ ।

चाह्यो भने के गर्न सकिन्न र ? भन्ने कुरालाई पुष्टि गरेको छ । यो इभेन्टको निरन्तरतालाई महाभूकम्प र नाकाबन्दीसमेत रोक्न सकेन । यो ठूलो साहस र सहकार्यले हाँसिल गरेको उपलब्धि हो ।

रेडियो भावनाका आधारमामात्र चल्दैन, व्यवसायिक नै हुनुपर्छ । तर, सूचना तथा समाचार सम्प्रेषमा हामी भोक निन्द्रा भन्दैनौं । दुःखी, असहाय, गरीब, रोगी, अन्यायमा परेकाहरुका पक्षमा हाम्रो न्यूज हुन्छ ।

भूकम्पका बेला साथीहरु घर नगई हप्तादिनसम्म न्यूज अपडेट गर्दै राहत-वितरणका लागि स्थान पहिचान तथा पीडितहरुको दुखेको घाउमा मल्हम लगाउन खटिए ।

बिग आईकनमा ५० रुपैंयासम्मको टिकट दर तोकेर प्राप्त रकम सोहि समारोहमा असहाय बालबालिका सहयोगार्थ तीन वर्षदेखि हस्तान्तरण गर्दै आएका छौं । यहाँका विकास निर्माणका कार्य, संगीतका साथै साहित्य, कला जगेर्नामा हाम्रो आर्थिक, भौतिक तथा नैतिक सहयोग सदा रहेको छ र रहिरहने छ ।

Madhav Paneru 1
थप विशेष केही आउँदैछ बिगमा ?
विशेषगरी मैले न्यूज चिफको हैसियतले भन्नुपर्दा बिग न्यूजमा जिल्ला रेपोर्टहरुलाई अझ प्रभावकारी बनाउँदै छौँ । हाम्रा रिपोर्टर सोही जिल्लामा रहेर हामीलाई रिपोर्ट पठाइरहेका छन् । दलित, उत्पीडित र विपन्न वर्गको आवाजलाई अझ समेट्ने प्रयासमा छौँ ।

समस्याको पहिचान र समाधानका उपायसहित केही नयाँ समाचारमूलक कार्यक्रमको योजनामा छौ । नकरात्मक समाचारलाई कहिल्यै पनि हामी प्राथमिकतामा राख्दैनौँ ।

आत्महत्या, बन्द र हड्तालका न्यूजलाई हाईलाईट गरेका छैनौं । हाम्रो न्यूजमा मौलिकता छ । सम्बन्धित स्थानमा नै पुगेर रिपोर्ट बनाउने कर्मलाई अझ प्रभावकारी बनाउने प्रयासमा रहेका छौँ ।

डेमोको रुपमा साझा पोस्टबाट साभार

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर