newskoseli.Com

नरिवल र फलफूलको कारोबारमा वृद्धि

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा नरिवल र अन्य फलफूलको कारोबारमा वृद्धि भएको छ ।

छठ पर्वका अवसरमा उपयोग गरिने नरिवल, उखु, मुला, कागती, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटोको भाँडाकुडा लगायत समानको कारोबारमा वृद्धि भएसँगै यी समानको मूल्य समेत बढेको छ । मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन् ।

अहिले बजारमा प्रतिगोटा   ७० देखि १ सय सम्ममा नरिवलको खरिद बिक्री भएको नरिवल व्यापारी राजेन्द्र शर्माले बताए ।

सुनसरीमा बार्षिक रुपमा तिहार र छठमा ५० लाख भन्दा बढीको नरिवलको कारोबार तथा खरिद बिक्री हुने गरेको अनुमान व्यापारीको रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर