newskoseli.Com

२३ अङ्कले घट्यो नेप्से

केही सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक यो साता पनि पहिलो दिनको तुलनामा २२.६८ अङ्कले घटेको छ । गत साता ९.२७ अङ्कले घटेको नेप्से यो साताको अन्तिम दिन १ हजार ७ सय ५९.७१ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५१ कम्पनीका २३ हजार ६ सय २६ कारोबारबाट ४ अर्ब १२ करोड ४० लाख १३ हजार रूपैयाँ बराबरका ४९ लाख ३३ हजार ५ सय ७० कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३७.०५ प्रतिशत बढी हो ।

गत साता १ सय ४९ कम्पनीको कारोबार भएको थियो, जसअनुसार १ हजार ७ सय ७८ कारोबारबाट ३ अर्ब १ करोड २८ लाख ५३ हजार रूपैयाँ बराबरका ३८ लाख ८८ हजार २ सय कित्ता सेयर खरिदबिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५.२३ अङ्कले घटेर ३८१.१५ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा तथा कारोबार सङ्ख्याको आधारमा पनि माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर