newskoseli.Com

राजस्व असुली सन्तोषजनक

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको ३ महिनामा कूल  ३७ करोड ९२ लाख ८८ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले  ३३ करोड ६ लाख ८५ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ४ करोड ८६ लाख रूपैयाँ लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख निर्मल ढकालले जानकारी दिए ।

सङ्कलित राजस्वमा आयकरतर्फ ११ करोड ९९ लाख रूपैयाँ, बहाल करतर्फ १ करोड ४१ लाख ७३ हजार रूपैयाँ, ब्याज करतर्फ २ करोड ३९ लाख ३९ हजार रूपैयाँ, मूल्यअभिबृद्धि करतर्फ  १५ करोड १९ लाख ६१ हजार रूपैयाँ, अन्तःशुल्क ५ करोड ५३ लाख २५ हजार रूपैयाँ, स्वास्थ्य सेवा कर १ करोड ६ लाख ७६ हजार रूपैयाँ र शिक्षा सेवा कर  २९ लाख १० हजार रूपैयाँ रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर