
थोरै मात्र बुझिन्छ आँखाको नानीबाट ।।
सबै थोक बुझिन्छ उसको बानीबाट ।।
घरमा आगो निभाउन आएको दमकल
आफैं खरानी हुँदैछमेरो जवानीबाट ।।
बिना अनुमती मेरो मुटु चोरीभा’थ्यो
मध्यरातमा सुस्तरी आफ्नै सिरानीबाट ।।
बुद्धभन्दा हिटलर बन्न रहेछ फाइदा
यहि नै बुझेकी छु आज राजधानीबाट ।।
सुतेको मानिस उठाएर गोली चलायो
उसले सिकेको हुनुपर्छ खानदानीबाट ।।
दर्बुङ्ग गोरखा
हाल काठमाडौ
हाल काठमाडौ