newskoseli.Com

१० हजार मेट्रिक टन सुपारी गोदाममै थन्कियो

२ वर्षदेखि किसानले उत्पादन गरेको करिब १० हजार मेट्रिक टन सुपारी गोदाममै थन्किएको छ । जिल्लामा उत्पादित सुपारीको माग बङ्गलादेशमा भएपनि सरकारले निर्यात खुला नगरिदिँदा लाखौं रुपैयाँको सुपारी बुधबारेस्थित गोदामै सड्न थालेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले जानकारी दिए ।

जिल्लामा २ हजार ६ सय ८५ हेक्टरमा वार्षिक ९ हजार ७ सय मेट्रिक टनभन्दा बढी सुपारी उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको काँचो सुपारी भारतले खरिद गर्न नमान्नु, नेपालमै प्रशोधन कारखाना नहुनु जस्ता कारणले किसान मारमा परेका अध्यक्ष खतिवडा बताउछन् ।

जिल्लाका शनिअर्जुन नगरपालिका, बाहुनडाँगी, शान्तिनगर, बुधबारे, चारपाने, खुदुनाबारी, दुवागढी, धाइजनलगायत गाविसमा किसानले व्यावसायिक सुपारी खेती गर्दै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर