
इराकको दक्षिणी भागमा पर्ने फासर प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा २० व्यक्तिको मृत्यु भएको छ । इरानको मध्य सहर याज्ददेखि कारबालातर्फ तीर्थयात्रीहरु बोकेर गईरहेको १ बस दुर्घटनामा पर्दा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका अर्ध सरकारी समाचार समिति मेहरले जानकारी दिएको छ ।
यस बसमा ४० जना यात्रु सवार रहेका थिए । स्थानीय समाचारदाताहरुका अनुसार घटनाको विषयमा छानविन सुरु भएको तर विस्तृत विवरण भने प्राप्त भएको छैन् ।