newskoseli.Com

सेयर बजारमा सामान्य वृद्धि

 धितोपत्र बजारमा नेप्से परिसूचक सामान्य रुपमा वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको बजारमा बिहीबार ० दशमलव ३१ अङ्कले वृद्धि भएर १ हजार ६ सय ९७ बिन्दुमा पुगेको छ ।

कुल १ सय २९ कम्पनीको १० लाख ६५ हजार ३ सय ५१ कित्ता सेयर ७० करोड ८० लाख ४२ हजार २ सय ९८ रूपैयाँ मूल्यमा खरिद बिक्री भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।

स्टकका अनुसार बैंकिङ ०.१४, होटल १.४२ र अन्य समूह १.१३ बिन्दुले बढेको छ भने विकास बैंक ०.५५, जलविद्युत् ०.०१, फाइनान्स ०.७२ र बिमा समूह ०.४१ प्रतिशतले घटेको छ । लगातार ओरालो लाग्दै आएको बजारमा बिहीबारको सामान्य वृद्धिले लगानीकर्तालाई केही मात्रामा राहत दिएको बताइन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर