newskoseli.Com

विद्रोही तालिवानका ६ लडाकुलाई मृत्युदण्ड

अफगानिस्तानमा तालिवानका ६ लडाकुलाई मृत्युदण्ड दिइएको छ । सन् २०१४ मा अशरफ घनी सत्तामा आएपछि पहिलो पटक विद्रोही तालिवानका लडाकुलाई सरकारले मृत्युदण्ड दिएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार आम नागरिक र सार्वजनिक सुरक्षाविरुद्ध गम्भीर अपराध गरेका कारण ती ६ लडाकुलाई मृत्युदण्ड दिइएको हो ।

पछिल्लो समय राष्ट्रपति घनीले तालिवानविरुद्ध कानुन बमोजिम कारवाही गरिने प्रतिबद्धता जनाएका छन् । अघिल्लो महिना काबुलमा भएको हमलामा ६४ जनाको मृत्यु भएपछि राष्ट्रपति घनीले तालिवानलाई कडा जवाफ दिने प्रतिबद्धता जनाएका थिए । एजेन्सी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर