newskoseli.Com

प्रदर्शनकै बीच सरकारले पारित गर्‍यो कर र पेन्सन सम्बन्धि योजना

हिंस्रक प्रदर्शनबीच ग्रीसको संसदले कर र पेन्सन सुधारसम्बन्धि योजना पारित गरेको छ । सोमवार हुने युरोजोनका अर्थ मन्त्रीहरुको बैठकअघि ग्रीसले पूर्व प्रतिवद्धता अनुरुप खर्च कटौतीसम्बन्धि यस योजना संसदबाट पारित गरेको हो ।

खराब ऋणका कारण चौपट भएको अर्थतन्त्र टिकाउन ग्रीसले युरोपका ठूला मुलुक र वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋण सहयोगका लागि मुलुकभित्र खर्च कटौती गर्ने प्रतिवद्धता जनाएको थियो ।

यसै प्रतिवद्धता अनुरुप कठोर सुधार योजना लागु गर्न संसदको स्वीकृति आवश्यक परेको हो । ऋणको अघिल्लो किस्ता पाउन पनि उसले सुधार योजना लागु गर्नु परेको हो ।

आगामी किस्तास्वरुप ग्रीसले ऋणदाताबाट पाँच अर्ब यूरो पाउनुपर्ने छ । गत वर्ष मात्र अर्थतन्त्र सुधारका कठोर शर्त स्वीकार्दै ग्रीसले ८६ अर्ब यूरोको नयाँ ऋण सम्झौता गर्न तयार भएको थियो ।

आगामी जुलाईमा ग्रीसले ऋणको किस्ता वापत साँढे तीन अर्ब यूरो तिर्नुपर्ने छ । ऋणदाता अन्तर्राष्ट्रिय मुद्रा कोष र युरोपीय देशको माग अनुसार खर्च कटौती गर्ने हो भने ग्रीसले चार अर्ब यूरो बचत गर्न सक्छ ।

तर सरकारको यस कदमप्रति असन्तुष्ट दल र तिनका कार्यकर्ताले भने राजधानी एथेन्सस्थित संसद भवन बाहिर उग्र प्रदर्शन गर्दै प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन् । भीड नियन्त्रण गर्न प्रहरीले पनि अश्रुग्याँस प्रयोग गरेको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर