newskoseli.Com

लिभरपुलले वाट्फोर्डलाई हरायो, म्यानचेस्टर र आर्सनल बराबरीमा

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले वाट्फोर्डलाई २–० ले हराएको हो ।

३५ औं मिनेटमा जोए एलेनले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको लिभरपुलका लागि ७६ औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र लिभरपुल २–० ले विजयी भयो । जितपछि आठौं स्थानको लिभरपुलको लिगको दुई खेल बाँकी हुँदा ५८ अंक भएको छ । ३६ खेलबाट ४४ अंक जोडेको वाट्फोर्ड १३ औं स्थानमा छ ।

अर्को खेलमा भने म्यानचेस्टर सिटी आर्सनलसँग बराबरीमा रोकिएको छ । आइतबार राति नै भएको खेलमा चौथो स्थानको सिटी तेस्रो स्थानको आर्सनलसँग २–२ को बराबरीमा रोकिएको हो ।

यो बराबरीले चौथो स्थानको होडमा म्यानचेस्टर युनाइटेडको सम्भावना बलियो बनाएको छ । आसर्नलका लागि ओलिभर जिरउड र एलेक्स सान्चेजले एक÷एक गोल गरे ।

यस्तै घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीका लागि सर्जियो अग्युरो र केविन डी ब्राउनले एक÷एक गोल गरे । आठौं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलई सुरुवाती अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि आर्सनलका जिरउडले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ५१ औं मिनेटमा डी ब्राउनले गोल गर्दै फेरि सिटीलाई अग्रता दिलाए ।

तर ६८ औं मिनेटमा आर्सनलका लागि सान्चेजले बराबरी गोल फर्काए । सान्चेजले यो सिजन लिगका पछिल्ला सात खेलमा ६ गोल गरेका छन् ।

बराबरीपछि लिगको एक खेल बाँकी हुँदा म्यानचेस्टर सिटीको ६५ अंक भएको छ । दुई खेल बाँकी रहेको म्यानचेस्टर युनाइटेडको ६३ अंक छ । तेस्रो स्थानको आर्सनलको एक खेल बाँकी हुँदा ६८ अंक भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर