newskoseli.Com

अझै ५ करोड जरिवाना असुल गर्न बाँकी

जिल्ला अदालत भोजपुरले हालसम्म ३ लाख ८१ हजार ३ सय २५ जरिवाना असुल गरेको बताएको छ । कुल ४ करोड ६९ लाख ३१ हजार १ सय ७२ रूपैयाँ जरिवाना असुल गर्नुपर्ने लगत रहेकोमा ४ करोड ६५ लाख ४९ हजार ८ सय ४८ रूपैयाँ बाँकी रहेको अदालतले जनाएको छ ।

अदालतले यस आर्थिक वर्षको साउन महिनादेखि अहिलेसम्म दुनियावादी देवानी प्रकृतिको ४९ मुद्दाको लगत रहेकोमा १० फछ्र्योट भइसकेको र ३९ वटा बाँकी रहेको जनाएको छ । त्यसैगरी, दुनियावादी फौजदारी प्रकृतिका ३५ मुद्दा लगतमा रहेकोमा १३ वटा फछ्र्योट भइसकेको र २२ वटा बाँकी रहेको, सरकारवादी फौजदारी प्रकृतिका ३८ वटाको लगत रहेकोमा १५ वटा फछ्र्योट भई १३ वटा बाँकी रहेको छ ।

हालसम्म १२ वटा थुनुवा मुद्दा बाँकी रहेको जनाइएको छ । त्यसैगरी, बालबालिका पक्षका २ मुद्दा फछ्र्योट भएको र महिला पक्षको २८ लगत रहेकोमा १२ फछ्र्योट भई १६ बाँकी रहेको कार्यालयले जनाएको छ ।

यता मेलमिलापसम्बन्धी लगत ८ रहेकोमा ३ वटा फछ्र्योट भइसकेको र ५ वटा बाँकी रहेको जनाएको छ । त्यसैगरी, ५ लगत रहेको फैसला कार्यान्वयनतर्फको निवेदनमा एकवटा फछ्र्योट भई ४ वटा बाँकी रहेको हो ।

कार्यालयले कैद जरिवानातर्फ १ हजार ४१ वर्ष १० महिना १८ दिनको लगत रहेकोमा ६ हजार २ सय ३ वर्ष २ महिनाको फछ्र्योट भइसकेको जनाएको छ । कार्यालयले १ सय ५६ कैद माग लागेका, १ सय ३९ जरिवाना माग लागेका साथै जरिवाना र कैद दुवै लागेका ७८ सहित ३ सय ७३ व्यक्तिबाट कैद जरिवाना असुल गरेको छ । यसैबीच, जिल्ला अदालतले अभिलेखमा रहेका सबै मिसिललाई सफ्टवेयरमा राख्न थालेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर