newskoseli.Com

७ क्लिनिकमा सरकारको तालाबन्दी

स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले बुधबार राजधानीमा थप ७ वटा क्लिनिकमा तालाबन्दी गरेको छ । दर्ता नै नभई सञ्चालन भइरहेका र दर्ता भएर पनि नवीकरण नभएका क्लिनिकलाई अनुगमन टोलीले तालाबन्दी गरिदिएको हो ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाको विशेष चासोमा काठमाडाैं र ललितपुरमा खटिएको अनुगमन टोलीले यसअघि दुई दिन गरेको अनुगमनका क्रममा अन्य १३ वटामा तालाबन्दी गरिसकेको छ ।

व्यवस्थापन महाशाखाका उपस्वास्थ्य प्रशासक डा. रामराज पन्थीको नेतृत्वमा रहेको काठमाडाैंमा खटिएको टोलीले बुधबार मात्रै ७ वटामा तालाबन्दी गरिदिएको छ भने दुई वटालाई चौबीस घन्टे पुर्जी दिएको छ । चौबीस घन्टाभित्रमा आवश्यक प्रक्रिया पूरा नभएमा तिनीहरुमा पनि तालाबन्दी गरिने डा. पन्थीले जानकारी दिए ।

तालाबन्दी हुनेमा काठमाडौं बालाजुका नेपाल जनस्वास्थ्य केन्द्र, नागार्जुन डेन्टल क्लिनिक, अल्का डेन्टल होम, ओशो आशिक डेन्टल क्लिनिक, ओम प्राकृतिक डेन्टल क्लिनिक र बाइपास पोलिक्लिनिक छन् ।

त्यसैगरी बालाजुकै नोबेल डेन्टल होम र सम्राट पोलिक्लिनिक एन्ड मेडिकल सेन्टरलाई चौबीसघन्टे पुर्जी दिइएको डा. पन्थीले बताए । अनुगमन गरेकामध्ये अधिकांश डेन्टल क्लिनिक अवैध तारिकाले सञ्चालन भइरहेको पाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर