newskoseli.Com

सहुलियत पसलमा ५ लाखको चिनी बिक्री

चाडपर्वलाई लक्षित गरी साल्ट्र ट्रेडिङ लिमिटेडले सञ्चालन गरेको सहुलियत पसलमा ५ लाख ५० हजार रूपैयाँभन्दा बढीको नुन चिनी बिक्री भएको छ ।

दसैं, तिहार र छठपर्वका लागि साल्ट्र ट्रेडिङले सञ्चालन गरेको उक्त सहुलियत दरको सुपथ मूल्य पसलमा ३ लाख ८३ हजार रूपैयाँकाे चिनी र १ लाख ७३ हजार रूपैयाँको नुन बिक्री कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिए ।

गत असोज १ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन भएको सो पसलबाट ४ हजार ८ सय ५० किलो चिनी र १० हजार ८ सय ५० किलो नुन बिक्री भएको थियो । बजारमा खुद्रा रुपमा प्रतिकिलो  २० मा बिक्री हुने नुन साल्ट्र ट्रेडिङले सहुलियत पसलबाट  १६ मा र बजारमा  ८५ मा प्रतिकिलो बिक्री हुने चिनी  ७९ रूपैयाँ मा बिक्री गरेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर