newskoseli.Com

पुँजीगत खर्च मात्र ८ प्रतिशत

चालु आवको पहिलो चौमासिकमा करिब ८ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका अनुसार चालु आवको ४ महिनामा पुँजीगततर्फ  २८ करोड ८५ लाख ९६ हजार रूपैयाँ खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शिवप्रसाद पन्थीका अनुसार चालु आवमा पुँजीगततर्फ ३ अर्ब ६१ करोड २८ लाख रूपैयाँ बजेट विनियोजन भएको छ । खर्च भएको रकम कुल बजेटको ७ दशमलव ९८ प्रतिशत हो ।

पुँजीगततर्फ सबैभन्दा ठूलो रकम भएको नारायणगढ–मुग्लिन सडक आयोजनाको हालसम्म ९ करोड ३१ लाख रूपैयाँ मात्र खर्च भएको छ । सो आयोजनाको यस वर्षको बजेट १ अर्ब ५५ करोड ६६ लाख रूपैयाँ रहेको छ ।

त्यस्तै डिभिजन सडक कार्यालयको पहिलो चौमासिकमा  ११ करो ७२ लाख रूपैयाँ मात्र खर्च भएको छ । सो कार्यालयको बजेट  ५५ करोड रूपैयाँ रहेको छ । पछिल्लो समय हतारमा बजेट सक्ने उद्देश्यका साथ गरिने काम निरुत्साहित गर्न अहिलेदेखि नै निर्माणका क्षेत्रमा कडाइका साथ काम अगाडी बढाउनुपर्ने पन्थी बताउछन् ।

जिल्लाको चालुतर्फ ३७ दशमलव ६६ प्रतिशत खर्च भएको छ । चालुतर्फ वर्षभरको बजेट ५ अर्ब ५१ करोड ७४ लाख ५५ हजार रूपैयाँ रहेकामा २ अर्ब ७ करोड ८० लाख ७१ हजार रूपैयाँ खर्च भएको छ । जिल्लाको आन्तरिक राजस्व कार्यालयसहित विभिन्न कार्यालयले पहिलो चौमासिकमा ५ अर्ब ४२ लाख ६७ हजार रूपैयाँ राजस्व सङ्कलन गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर