newskoseli.Com

नेप्से दोहोरो अङ्कले ओरालो लाग्यो

धितोपत्र बजारमा नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ३२ अङ्कले ओरालो लागेर १ हजार ६ सय ५८ बिन्दुमा झरेको छ ।बजार खुल्नासाथ १ हजार ७ सय  बिन्दुमा रहेको नेप्से परिसूचक एकाएक घटेको हो ।

कुल १ सय ३५ कम्पनीको १६ लाख २० हजार ७ सय ८७ कित्ता सेयर १ अर्ब ५० करोड ६४ लाख ९५ हजार २ सय ७७ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ । कारोबार रकम बढेपछि नेप्से परिसूचक ओरालो लागेपछि लगानीकर्तामा निराशा छाएको बताइन्छ । ओरालो लागेको नेप्से परिसूचकमा ठूला कम्पनीको सेयर कारोबार गर्ने ‘मापक सेन्सेटिभ इन्डेक्स’समेत २ दशमलव ४८ बिन्दुले घटेको छ ।

बैंकिङ २ दशमलव ५७, होटल २ दशमलव ४१, विकास बैंक २ दशमलव ३४, जलविद्युत् २ दशमलव ७८, फाइनान्स १ दशमलव ५५, बिमा २ दशमलव ७२ र अन्य समूहको सेयर १ दशमलव ४१ बिन्दुले ओरालो लागेको स्टकले जनाएको छ । बजार खुल्नेबित्तिकै एभरेष्ट बैंकको  ३५ करोड रूपैयाँ बराबरको ९४ हजार कित्ता सेयर बिक्री भएको छ भने नेसनल लाइफको पनि झन्डै ५ करोड  मूल्य बराबरको १४ हजार कित्ता सेयर किनबेच भएको स्टकले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर