newskoseli.Com

‘वैकल्पिक पत्रकार महासंघ’ बनाउने चेतावानी

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघलाई ‘वैकल्पिक महासंघ’ बनाउने चेतावनी दिएको छ ।

क्रान्तिकारी महासंघका अध्यक्ष इन्द्र राउतको नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टसँगको भेटमा आफूहरुलाई निषेध गरेर जान खोजिए क्रान्तिकारी पत्रकार महासंघलाई  वैकल्पिक महासंघ बनाएर अघि बढ्ने चेतावानी दिएका दिएको हो । महासंघका अध्यक्ष विष्टलाई पाँचबुँदे ‘ध्यानाकर्षण पत्र’ बुझाउँदै अध्यक्ष राउतले डा. विष्टसमक्ष त्यस्तो चेतावानी दिएका हुन् ।

शुक्रबार भएको उक्त भेटमा क्रान्तिकारी पत्रकार महासंघका महासचिव केशरमणि कटुवालले ध्यानाकर्षण पत्र वाचन गरेर सुनाए भने उपाध्यक्ष नारायण पंगेनीले गैरपत्रकारहरुको सदस्यता खारेज गर्न र नेपाल पत्रकार महासंघलाई सक्कली श्रमजीवी पत्रकारहरुको साझा संगठन बनाउनुपर्नेमा जोड दिए ।

महासंघका सचिवालय सदस्यद्वय दामोदर खनाल र रनसुर महतरालगायत सम्मिलित सो टोलीसँगको भेटमा अध्यक्ष विष्टले क्रान्तिकारी पत्रकार महासंघले उठाएका विषयवस्तुप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । अध्यक्ष डा. विष्टले कमीकमजोरी सच्याउँदै महासंघलाई श्रमजीवी पत्रकारहरुको साझा छाता संगठन बनाएर लैजान लागिपर्ने बताए । भेटमा महासंघका कोषाध्यक्ष सूर्यमणि गौतमको पनि उपस्थिति थियो ।

यस्तो छ क्रान्तिकारी महासंघको ध्यानाकर्षण पत्र–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर