newskoseli.Com

यस्तो छ क्रान्तिकारी महासंघको ध्यानाकर्षण पत्र–

‘श्री अध्यक्षज्यू,
नेपाल पत्रकार महासंघ
केन्द्रीय कार्यालय, सञ्चारग्राम, तिलगंगा, काठमाडौं ।

विषय : ध्यानाकर्षण पत्र ।

अध्यक्षज्यू,

‘क्रान्तिकारी पत्रकार महासंघ’ श्रमजीवी पत्रकारहरुको नेतृत्वदायी संगठन हो । स्थापनाकालदेखि नै यस महासंघले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, सम्पादकीय स्वतन्त्रता, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण, साना लगानीका तथा जनपक्षीय मिडियाहरुको संरक्षण र सम्बर्द्धन, श्रमजीवी पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेन्टी, मिडियामा वैदेशिक र अपारदर्शी लगानीलाई निषेध, मिडियाका कन्टेन्टको समावेशीकरण, निष्पक्ष, मर्यादित, जिम्मेवार र जवाफदेहीपूर्ण पत्रकारितालगायतको पक्षमा खरो रुपमा वकालत गर्दै आएको छ ।

हाम्रो महासंघ ‘नेपाल पत्रकार महासंघ’ लाई छाता संगठन मान्दछ । हाम्रो संगठनले उठाएका उल्लेखित विषयलाई समेत नेपाल पत्रकार महासंघले पनि आफ्नो कार्यसूचीमा राखोस् र त्यसको प्रभावकारी कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरोस्, हामी गम्भीर रुपले ध्यानाकर्षण गराउन चाहन्छौं । यसका अतिरिक्त निम्न विषयहरुमा हामीले विशेष ध्यानाकर्षण गराउनु आवश्यक ठानेका छौं–

१. हाम्रो संगठनलाई नेपाल पत्रकार महासंघको नेतृत्वले बेवास्ता गर्दै आएको छ र प्रायः निर्णय प्रक्रिया, विविध सरोकार राख्ने कार्यक्रममा हाम्रो संगठनलाई सहभागी गराएको छैन । हाम्रो संगठनप्रतिको निषेधकारी व्यवहार सच्याइयोस् र नेपाल पत्रकार महासंघलाई साँच्चैको छाता संगठनको भूमिकामा स्थापित गरियोस् ।

२. नेपाल पत्रकार महासंघका हरेक निर्णय प्रक्रियामा तीन ठूला राजनीतिक पार्टीहरु– नेपाली कांग्रेससम्बद्ध प्रेस युनियन, नेकपा (एमाले) सम्बद्ध प्रेस चौतारी र नेकपा (माओवादी केन्द्र) सम्बद्ध प्रेस सेन्टरको ‘सिन्डिकेट’ लादिएको छ । हाम्रो संगठन यसको कडा शब्दमा विरोध गर्दछ । नेपाल पत्रकार महासंघलाई तीन ठूला संगठनका कार्यकर्ताहरुको भर्तीकेन्द्र र पेवा नबनाइयोस् भनी जोडदार माग गर्दछ ।

३. नेपाल पत्रकार महासंघको आवधिक चुनाव नजिकिँदैछ । महासंघले शुद्धीकरण अभियान चलाओस् । गैरपत्रकार, निष्क्रिय पत्रकार, उद्योगी, व्यापारी, कर्मचारी, राजनीतिक पार्टीका नेता–कार्यकर्ताहरु (जो प्रत्यक्ष रुपले पत्रकारिता पेशामा संलग्न छैनन्) लगायतको सदस्यता खारेज गरियोस् । र, नेपाल पत्रकार महासंघलाई सक्कली (क्रियाशील) पत्रकारहरुको साझा संगठन बनाइयोस् ।

४. देशैभरबाट धेरै क्रियाशील र योग्यता पुगेका पत्रकारहरु नेपाल पत्रकार महासंघको सदस्यता लिनबाट वञ्चित भएका छन् । आफ्नो अनुकूलतामा नयाँ सदस्यताका लागि आवेदन खुला गर्ने र बन्द गर्ने नगरियोस् । आस्थाको आधारमा भेद्भाव र बाधा–अड्चन खडा नगरियोस् ।

५. महासंघको आसन्न चुनावमा गरिने अमर्यादित गतिविधि र अपारदर्शी चलखेललाई निषेध गरियोस् । पेशागत हिसाबले अमर्यादित ठानिने ‘जाँड–रक्सी’ को प्रयोगलाई प्रतिबन्ध लगाइयोस् ।

अन्तमा, हाम्रो संगठनले उठाएका उल्लेखित विषयहरु सम्बोधन नगरिने, हामीप्रतिको अपमानपूर्ण र निषेधकारी व्यवहारलाई नसच्याइने हो र सहकार्यको ढोका बन्द गरिने हो भने क्रान्तिकारी पत्रकार महासंघ वैकल्पिक महासंघको रुपमा अगाडि बढ्न बाध्य हुने कुरा पनि यसै ध्यानाकर्षण पत्रमार्फत् अवगत गराउन चाहन्छौं ।’

–इन्द्र राउत, अध्यक्ष

‘वैकल्पिक पत्रकार महासंघ’ बनाउने चेतावानी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर