newskoseli.Com

पोल गाडेको ३० बर्ष पुग्यो बिजुली बाल्ने धोको अधुरै

बाँकेको विकट क्षेत्र राप्ती नदीपारिको बघौडावासीको बिजुली बाल्ने धोको वर्षौंदेखि पुरा हुन सकेको छैन ।  सरकारी निकायको झन्झटिलो प्रक्रियाले वातावरणीय प्रभाव परीक्षणमा ढिलासुस्ती हुँदा बघौडावासीको दुःख बढ्दै गएको छ ।

गत चैत महिनामा सो क्षेत्रमा विद्युत् लाइन विस्तार भइसक्नुपर्नेमा अहिलेसम्म पोल र तारसमेत पुग्न सकेको छैन । निर्माण सम्झौताअनुसार, २०७२ चैत मसान्तसम्म काम सम्पन्न भइसक्नुपर्ने थियो ।

कोहलपुर, चटार, पिप्रहवा, राँझा, पुरैनी, कम्दी, फत्तेपुर र विनौनाहुँदै बैजापुरको धामपुरसम्मको ४४ किलोमिटर विद्युत् लाइन विस्तारको ठेक्का आव २०६६÷६७ मा ‘श्रीम उष्मा एन्ड जनरल प्रालि’ले रु चार करोड १८ लाखमा सकारेको हो ।

स्थानीयवासीले गाउँभित्रबाट विद्युत् लैजान अवरोध गरेपछि चटारमा डेढ किलोमिटर क्षेत्रमा पोल गाड्न नपाएको निर्माण कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र मिश्र बताउछन्।

त्यस्तै फत्तेपुर, बिनौनाबीचको आठ किलोमिटर वन क्षेत्रमा रूख नकाटिँदा विद्युत् विस्तारको काम अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख विनोद उपाध्यायले सम्झौताको म्याद सकिए पनि अबको नौ महिनाभित्र काम पूरा हुने बताछन् ।

बघौडा क्षेत्रमा ३० वर्षअघि गाडिएका विद्युत्का पोल हेरेर वाक्कदिक्क भएका स्थानीयवासी अहिलेको सम्झौताअनुसार छिटो काम हुनेमा विश्वस्त थिए । तर निर्माण कम्पनीको ढिलाइ देखेर खिन्न बनेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर