newskoseli.Com

३७ अर्ब राजस्व सङ्कलन

चालु आवको पहिलो चौमासिकमा वीरगन्ज भन्सार कार्यालयले  ३६ अर्ब ९७ करोड ८५ लाख ९१ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।

चालु आवको पहिलो चौमासिकका लागि भन्सार विभागले  ३४ अर्ब ३७ करोड २२ लाख रूपैयाँको लक्ष्य दिएको थियो । कार्यालयका प्रमख भन्सार अधिकृत सेवन्तक पोखरेलका अनुसार भन्सार राजस्वतर्फ  १३ अर्ब ७१ करोड ९३ लाख ५७ हजार रूपैयाँ, मूल्य अभिवृद्धी करतर्फ  १३ अर्ब १३ करोड ३८ लाख २४ हजार रूपैयाँ, अन्तः शुल्कतर्फ ८ अर्ब ९ करोड ६३ लाख २८ हजार रूपैयाँ तथा अन्यतर्फ  ६१ करोड ४९ लाख १३ हजार रूपेयाँ राजस्व सङ्कलन भएको थियो ।

आवको पहिलो चौमासिकका लागि विभागले दिएको लक्ष्यको तुलनमा ७ दशमलव ५८ प्रतिशत अर्थात् २ अर्ब ६१ करोड ६३ लाख ५३ हजार रूपैयाँ बढी राजस्व सङ्कलन गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर