newskoseli.Com

उद्योग वाणिज्य संघमा थापा

उद्योग वाणिज्य संघको छैटौं जिल्ला अधिवेशनले श्याम थापालाई नयाँ अध्यक्षण्मा निर्वाचित गरेको छ । जिल्लाका व्यवसायी अगुवाहरुको लामो प्रयासपछि संघले व्यवसायीबीच राम्रो प्रतिष्ठा कमाएका जीएस मार्केटिङ सेन्टर मन्थलीका प्रोप्राइटर थापालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

अधिवेशनले नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा केशव घिमिरे, वाणिज्य तर्फको उपाध्यक्षमा नविनकुमार थापा मगर, उद्योगतर्फको उपाध्यक्षमा वीरेन्द्रकुमार बज्राचार्य, महासचिवमा जगन्नाथ बज्राचार्य, सचिवमा नवराज ढुंगेल र कोषाध्यक्षमा कुमारराज सुवेदी निर्वाचत भएका छन् ।

अधिवेशनले सुमिका श्रेष्ठ, आकाश विश्वकर्मा, पवनकुमार कठायत, प्रमोदकुमार श्रेष्ठ, बलराम श्रेष्ठ र भीमसेन थापालाई सदस्यमा चयन गरेको छ ।नवनिर्वाचित अध्यक्ष थापालाई निर्वाचन अधिकृत दिवाकर भुजेल र अन्य पदाधिकारीहरुलाई अध्यक्ष थापाले गोपनियताको सपथ गराए ।

मंसिर ४ गतेका लागि अधिवेसनको मिति तय गरिए पनि उम्मेदवारी दर्ताकै दिन नेतृत्वको टुंगो लागेको संघका कार्यकारी सचिव नविन केसीले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर