newskoseli.Com

कर चुक्ता गर्न आग्रह

सबैखाले व्यावसायिक कारोबारको सही विवरण भरी कर चुक्ता गर्न यहाँका व्यवसायीलाई करदाता सेवा कार्यालयले आग्रह गरेको छ ।

‘गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर’ भन्ने नाराका साथ करदाता कार्यालयले कर दिवसका अवसरमा अाइतबार रसुवाका व्यवसायीलाई नीतिनियमबारे जानकारी गराउन अाइतबार आयोजित अन्तरक्रियामा रसुवागढी नाकाबाट कारोबार गर्ने व्यवसायीलाई सही विवरण बुझाई कर तिर्न प्रमुख कर अधिकृत कपिल सुवेदीले आग्रह गरेका हुन् ।

नेपाल–चीन केरुङ व्यापारको कारोबारमा भन्सार कार्यालयले २/३ करोड रूपैयाँको कारोबार देखाउने र त्यहाँ बिल काटेका तिनै व्यवसायीले भने कारोबारको विवरण भर्दा ५ लाख रूपैयाँ मात्र देखाउने गरेको भेटिएकाले यस्ता कार्य बन्द गरी तुरुन्त कर चुक्ता कार्यमा सहयोग गर्न आग्रह गरिएको बताउँदै प्रमुख कर अधिकृत सुवेदीले कर छल्न प्रयत्न गर्ने व्यवसायीको सूची तयार गर्ने कार्य अगाडि बढेको जानकारी दिए ।

रसुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कैसाङ नुर्पु तमाङ, निमित्त प्रजिअ दीपक केसी, प्रमुख कोष तथा लेखा नियन्त्रक सूर्य भण्डारी, प्रमुख कर अधिकृत सुवेदी, कर अधिकृत वसन्त तिवारीले करको नीति स्थानीय प्रशासन, कोष तथा लेखा नियन्त्रण कार्यालय र करदाता सेवा कार्यालयले निर्वाह गर्ने भूमिकाबारे चर्चा गरेका थिए । व्यवसायीको सहजताका लागि स्थानीय उद्योग वाणिज्य सङ्घबाट अस्थायी प्यान नम्बर दिने व्यवस्थाका लागि छलफल भइरहेको कार्यक्रममा जानकारी दिइयो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर