newskoseli.Com

अझै नेपाल ‘एक मात्र हिन्दू अधिराज्य’ अनि ‘अखण्ड भारतको अभिन्न अंग’ हो ?

भारतका एक तथाकथित बुद्धिजीवीले नेपाल अझै पनि विश्वको एक मात्र हिन्दू अधिराज्य भएको दावी गर्दै नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र नभई ‘अखण्ड भारतको अभिन्न अंग’ भएको घोर आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

आइतबार साँझ राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘भारत–नेपाल मैत्री सम्बन्ध र मिडियाको भूमिका’ शीर्षक अन्तर्राष्ट्रिय गोष्ठी नाम दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय कथित बुद्धिजीवी डा. आर.बी. सिंहले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री एवम् कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनिया, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलगायतलाई आतिथ्यता गराइएको थियो । कार्यक्रममा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव, एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई, सद्भावना पार्टीका नेता देवेन्द्र यादवलगायतका राजनीतिकर्मी अथिति थिए ।

हलमा उपस्थिति त्रिवि आमसञ्चार तथा पत्रकारिता विभागका विद्यार्थीहरुले कडा आपत्ति जनाएपछि कार्यक्रमको उद्घोषक रहेका भारतीय टिभी च्यानलका सञ्चारकर्मीले झिनो स्वरमा माफी मागे ।

कार्यक्रमको पूर्वाद्र्धमै बोल्ने पालो आएका नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने– ‘कार्यक्रमको सुरुमा हलभित्र पस्दापस्तै जे–जस्तो अभिव्यक्ति सुनियो, त्यसले गर्दा मलाई यो कार्यक्रममा बस्न असहज भएको थियो । स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक गणतान्त्रिक मुलुकप्रति गरिएको त्यसप्रकारको आपत्तिजनक अभिव्यक्ति खेदजनक छ । यद्यपि सच्याएकामा भने म आयोजकलाई धन्यवाद दिन्छु ।’

कार्यक्रमको अन्त्यमा सम्बोधन गरेका उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रत्येक प्याराग्राफ नेपालीमा बोल्दै हिन्दीमा रुपान्तर सुनाउँदै गरे । सम्बोधनको सुरुमै उनले ‘नेपाली र हिन्दी दुवैमा बोल्छु’ भन्दा हलका सहभागीले ‘राष्ट्रको उपप्रधान तथा गृहमन्त्री भएकाले नेपालीमै बोल्नोस्’ भने । ड्यासबाट उपप्रधानमन्त्रीले जवाफ फर्काए– ‘सुन्न मन छैन भने जानोस् यहाँबाट ।’

र, यो पनि पढ्नोस्–

पर्चाकारिताले सुधार्ला र सम्बन्ध ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर