newskoseli.Com

स्कटले लगायो सर्किट ब्रेक, ५६ अङ्कले घट्यो बजार

धितोपत्र बजारमा नेप्से परिसूचक अस्वाभाविक रुपमा घटेपछि नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाएको छ ।

कारोबार सुरु हुने बित्तिकै घट्न थालेको नेप्से परिसूचक १ हजार ५ सय ३४ रूपैयाँ बाट ५६ अङ्कले घटेर १ हजार ४ सय ७८ बिन्दुमा कायम रहेको छ । साताको पहिलो दिन कारोबार सुरु हुने बित्तिकै प्रत्येक मिनेटमा १ अङ्कभन्दा बढीको दरले नप्से घटेपछि सर्किट बे्रक लगाउनु परेको स्टकले जनाएको छ ।

नेप्सेले १५ मिनेट कारोबार रोकेर पुनः कारोबार सुरु गरेको छ । नेप्सेका सबै समूहको सेयर कारोबार घटेको हो । होटल समूह ७.०२ प्रतिशतले ओरालो लागेको छ भने अन्य समूह पनि २ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर