
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी तनावग्रस्त क्षेत्रमा भएको जातीय हिंसामा आइतबार कम्तिमा ३४ नागरिकको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् ।
हुटु नगर लुहान्गामा नान्डे जातीय लडाकुले गरेको आक्रमणका बारेमा जानकारी दिँदै एक स्थानीय अधिकारी जोय बोकेलेले हालसम्म ३४ नागरिकको मृत्यु भएको जानकारी दिए ।
नान्डे जातीय लडाकूको एक समूहले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सेनामाथि आक्रमण गरेको र अर्को समूहले नागरिकमाथि धारिलो हतियार तथा गोली प्रहार गरेको बोकेलेले जानकारी दिए । उनले एक लडाकुको पनि मृत्यु भएको उल्लेख गरे । रासस/एएफपी