newskoseli.Com

५२ दशमलव ७६ बिन्दुले घट्यो नेप्से

नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा घटेपछि साेमबार पुनः सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेपछि स्टकले ब्रेक लगाएको हो ।

नेप्सेका अनुसार कारोबार सुरु हुनेबित्तिकै ५२ दशमलव ७६ बिन्दुले परिसूचक घटेको हो । आइतबार २ पटक ब्रेक लागेको नेप्से परिसूचक साेमबार पनि कारोबार सुरु हुने बित्तिकै ब्रेक लागेको हो । सबै समूह घटेपछि कारोबार बन्द गर्नुपरेको हो । १ हजार ४ सय ६८ बिन्दुमा रहेको परिसूचक घटेर १ हजार ४ सय १६ बिन्दुमा पुगेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर