newskoseli.Com

सुरक्षा कारबाहीमा १ नेतासहित ५ को मृत्यु

अफगानिस्तानको दक्षिणी क्षेत्रमा एक स्थानीय तालीवानी नेतासहित ५ जना मारिएका छन् । अफगानिस्तानी सेनाले उजुजान क्षेत्रमा गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

“एक जना स्थानीय तालीवानी नेता बिसमिल्लाह र अन्य चार जना व्यक्ति दिराउद जिल्लामा सेनाको सुरक्षा कारबाहीका क्रममा मारिएका छन्,” मन्त्रालयले निकालेको वक्तव्यमा उल्लेख गरिएको छ ।

पछिल्ला केही दिन यता तालिवानी विद्रोहीले सरकार नियन्त्रित क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने प्रयासस्वरुप गतिविधिलाई बढाएपछि अफगानी सुरक्षाकर्मीले पनि प्रतिवाद गर्दै तालिवान विरुद्धको कारवाहीलाई शसक्त बनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर