
पेट्रोलियम पदार्थको धनी खाडी मुलुक कुवेतको ५० सदस्यीय संसदका लागि भएको निर्वाचनमा १ सदस्य बाहेक सम्पूर्ण ४९ जना पुरुष प्रतिनिधि निर्वाचित भएका छन् ।
निर्वाचनमा १५ महिला उम्मेदवार प्रतिस्पर्धामा रहे तापनि शनिबार सम्पन्न भएको निर्वाचन परिणाम अनुसार १ मात्र महिला सफा अल असेम विजयी भएकी छन् ।
सोमबार सार्वजनिक मत परिणाममा यहाँको प्रतिपक्षी समूहको यसअघिको तुलनामा सदस्य सङ्ख्यामा सामान्य वृद्धि देखिएको छ ।