
युगान्डाको पश्चिमी भागमा सुरक्षा सेना तथा एक आदिवासी राजासँग सम्बन्धित पृथकतावादी लडाकुबीच भएको कडा सङ्घर्षमा कम्तिमा ५५ व्यक्तिको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
प्रहरी प्रवक्ता एन्ड्रयु फेलिक्स काविसीले कासेसे नगरमा भएको सङ्घर्षमा शनिबार १४ प्रहरी तथा ४१ लडाकुको मृत्यु भएको जानकारी दिए । उनले र्येन्जुरुरु राजधानीप्रति बफादार सुरक्षाकर्मीले गस्तीमा गएका सेनाप्रति आक्रमण गर्दा उक्त क्षति भएको जानकारी दिए ।
उले आक्रमणकारीले सैनिकमाथि हातेबम प्रहार गरेको र उनीहरूले पनि आत्मरक्षाका लागि प्रत्याक्रमण गरेको बताए ।