newskoseli.Com

अमेरिकी गठबन्धन सेनाको आक्रमणमा आइएसका कमाण्डर मारिए

इस्लामिक अतिवादी संगठन आईएसका एक मुख्य कमान्डर अमेरिकी गठबन्धन सेनाले गरेको कारबाहीमा मारिएका छन् । इराकको अनबर प्रान्तमा गरिएको आक्रमणमा आइएसका मुख्य कमान्डर अबु वाहिव मारिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

वाहिव अल कायदा इराकका पूर्व सदस्य पनि हुन् । उनी गत शुक्रबार अनबरमा भएको आक्रमणका क्रममा मारिएको पेन्टागनले जनाएको छ ।

वाहिब यसअघि पनि विभिन्न पटक मारिएको खबर आएको थियो, तर पछि उनी जिवितै रहेको प्रमाणित भएको थियो । वाहिबसँगै आक्रमणमा अरु तीन जना लडाकू पनि मारिएका थिए ।

इराकमा अमेरिकी गठबन्धन सेनाले सन् २०१४ देखि नै कारबाही थालेको हो । अबु वाहिव मारिएपछि आइएसलाई भने केही धक्का लागेको छ ।

यद्यपी यसबारे आईएसले कुनै प्रतिक्रिया दिएको छैन । इराकमा उनकै नेतृत्वमा आइएसले आतंकवादी गतिबिधी गर्दै आएको थियो । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर