तिमीलाई पढिरहेछु
अक्षरहरूमा
हरेक छापाहरूमा
तिम्रा कला र सौन्दर्य छैनन्
मेरा छापाहरूमा
तिम्रा सम्पादकीयले
सुनामी झैं उठाइरहेछन्
यतिबेला ।
मेरो सगरमाथा बूढो भएर हल्लिएको छ
नाम्चेहरू
लुगलुग कामिरहेछन्
लिखुका पानीहरू
मूलर झैं
कलम चलाइरहेछ ।
सञ्चारको कुरा गरिरहँदा
कृष्ण सेन आउँछन्
मार
तिमीलाई पत्र लेखिरहेछु
मेयर, हिर्शहरूका
निफहरू मागिरहेछु
सेता कागजहरू रङ्ग्याउँन
नेपाली कम्युनिस्टहरूका कथाहरू
छचल्किएर उम्लिरहेछन्
सानो फलामे कराइमा
मार्क्सको बाटोमा
जोगीमारा भएर खसिरहेछन्
नेपालीहरू
म खोकिरहेको हुन्छु
हरेक समय मार्क्स
गौरीशंकरको काखमा ।
म विद्रोह हुँ
नेपालीहरू अन्यायमा परेको सहन्नँ
प्रिय मार
बिगो झैं समाचार लेख्नेहरू छैनन्
यहाँ, त्यसैले–
तिमीलाई
नेपालमा बोलाउन
पत्र लेखिरहेछु
यहाँका कम्युनिस्टहरूले
छ्यास्स–छ्यास्स घोचिरहेछन्
किनभने–
उनीहरू मार्क्सको बाटो
बिराइरहेछन्
विधानअनुसार छैनन् ।
प्रिय मार
नेपाली जनसेनाहरू
भोकले छट्पटाइरहेका छन्
मेरा इच्छाहरू लुकाएर बाँच्न
विवश छु
मन सकसकाइरहेछ
मान्दै मानेन उसले
पत्र लेखें– मार
जसरी भए पनि
आऊ आऊ मार !