newskoseli.Com

कालीगण्डकी नदीमा पक्की पुल निर्माण सुरु

कालीगण्डकी नदीको गौरीघाटमा हालै पक्की पुल निर्माण कार्य सुरु भएको छ ।

रामपुर नगरपालिका–९ र स्याङ्जा साँखर गाविस–९ जोड्ने गौरीघाटमा नेपाल सरकारको रु १५ करोड ११ लाखको लागतमा पक्की पुल निर्माण सुरु गरिएको हो ।

जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ एन्ड थोकर निर्माण कम्पनीले २०७४ चैत मसान्तसम्म निर्माण सक्ने सम्झौता गरेर काम सुरु गरेको इन्जिनियर पवित्रमणि आचार्यले बताए । नवनिर्मित पुलको १७४ मिटर लम्बाइ र ६ मिटर चौडाइ रहने आचार्यले बताए ।

पुल निर्माण भएपछि रामपुर, स्याङ्जाको साँखर, सेखाम, चापाकोटलगायतका झन्डै ५० हजार जनता लाभान्वित हुने पुल निर्माण समितिका उपाध्यक्ष हुमनाथ न्यौपानेले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर